दिदीको घरबाट फर्किदै गर्दा इन्स्पेक्टर सतीशलाई कसले हान्यो गोली ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

दिदीको घरबाट फर्किदै गर्दा इन्स्पेक्टर सतीशलाई कसले हान्यो गोली ?

काठमाडौं, २७ कात्तिक । भारतको कृष्णनगरको मानसनगरमा पीएसीमा कार्यरत इन्स्पेक्टर सतीशकुमार सिंहको अज्ञात समूहले गोली हानी हत्या गरेको छ । उनी प्रयागराजस्थित चौथो बटालियनमा तैनाथ थिए । डीसीपी दक्षिण विनीत जैसवाल र अन्य अधिकारीहरूले घटनास्थलको निरीक्षण गरे । अपहरणकारीको खोजीका लागि अपराध शाखा र निगरानीसहित ६ प्रहरी टोली परिचालन गरिएको छ ।

इन्सपेक्टर सतीशकुमार सिंह परिवारका सात जना मानसनगरमा बस्थे। जानकारीका अनुसार दीपावली पर्वमा आइतबार राति करिब २ बजे दिदीको घरबाट उनी घर फर्किएका थिए । घर नजिकै अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । गोली लागेर सतिशकुमार सिंह घटनास्थलमै रगतले लतपतिएका थिए । गोलीको आवाज सुनेर वरपरका मानिस र परिवारका सदस्यहरु दौडिए ।

तुरुन्तै सतीशलाई लिएर अस्पताल पुगे । जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको जानकारी पाएपछि डीसीपी, एडीसीपी शशांक सिंह, कृष्णनगर इन्स्पेक्टर जितेन्द्र प्रताप सिंहसहितको ठूलो प्रहरी घटनास्थल पुग्यो। प्रहरी अधिकारीहरूले घटनास्थलको छानबिन गरे र अपराधीहरूसँग सम्बन्धित धेरै महत्त्वपूर्ण प्रमाणहरू संकलन गरे। परिवारले कसैसँग शत्रुता नभएको बताएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);