गाजामा बिस्थापित प्यालेस्टिनीहरू थप मानवीय पीडामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

गाजामा बिस्थापित प्यालेस्टिनीहरू थप मानवीय पीडामा

काठमाडौं, २७ कात्तिक । गाजामा बिस्थापित प्यालेस्टिनीहरू थप मानवीय पीडामा डुबेका छन् । गाजापट्टीमा लडाइँ बढ्दै गएपछि हजारौं प्यालेस्टिनीहरूसँग गाजाको उत्तरबाट दक्षिण भाग्नुको विकल्प थिएन । विस्थापित बासिन्दाहरूलाई बस्ने विद्यालय र अस्पतालहरू नभएको उनीहरुको गुनासो छ । उनीहरूले आधारभूत चिकित्सा आपूर्ति र दैनिक आवश्यकताहरूको सामना गरिरहेका छन् ।

 

त्यस्तै अर्का एक डाक्टरले अस्पतालमा २५ दिन यता काम गरिरहेको तर काम बढी भएकाले घर जान नपाएको गुनासो गर्नुभयो उहाँले स्वास्थ्य उपकरण अभावका कारण उपचारमा मद्दत गर्न नसकिरहेको गुनासो गर्नुभयो । उपचार क्षमता धेरै कम रहेको उहाँको भनाइ छ ।

 

बम विष्फोट र विनाशको साक्षीको आघातलाई कम गर्न डाक्टरहरूले बिस्थापित बालबालिकाका लागि चित्रकला गतिविधिहरू आयोजना गर्ने गरेका छन् । बालबालिकाहरूलाई मनोवैज्ञानिक आघातबाट मुक्त गर्नका लागि विभिन्न रमाइला कार्यक्रमको आयोजना गर्ने गरिएको एक मनोचिकित्सकले बताउनु भयो ।

 

त्यस्तै एक बिस्थापित बालकले बम विष्फोटका कारण घरबाट बिस्थापित हुनुपरेको बताउनु भयो । उहाँले हरेक दिन बम विष्फोट, मृतक र घाइते मानिसहरू मात्रै देख्ने गरेको बताउनु भयो । आक्रमणका कारण बालबालिकाको मनोविज्ञानमा ठूलो असर परेको मनोविद्हरुको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);