चिसो मौसम र वर्षाले गाजामा मानवीय संकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

चिसो मौसम र वर्षाले गाजामा मानवीय संकट

काठमाडौं, १ मंसिर । चिसो मौसम र वर्षाले गाजामा मानवीय संकट बढाएको छ ।

प्यालेस्टाइन–इजरायली द्वन्द्व ४० दिन भन्दा बढी चलिरहेको बेला धेरै गाजानीहरूले आफ्ना परिवारका सदस्यहरू र घरहरू गुमाएका छन् । केही बिस्थापित व्यक्तिहरू अस्थायी आश्रयमा बस्न बाध्य छन् । तर, खराब मौसमले उनीहरुको जनजीवन कष्टकर बनाएको छ ।

त्यस्तै अर्का बिस्थापित बासिन्दाले त्रिपालले वर्षाबाट आफूहरुलाई जोगाउन नसक्ने बताउनु भयो । उहाँले घरमा हुँदा कुनै समस्या नरहेको र अहिले आफ्नो जीवनमा असुरक्षित महशुस गरेको बताउनु भयो । वर्षा भइरहेको अवस्थामा गाजा पट्टीमा कुनै सहायता नपाएको गुनासो गर्नुभयो ।

त्यस्तै अर्का बिस्थापित महिलाले वर्षा, चिसो र बिजुलीबाट अभावमा जीवन कटाउनु परेको बताउनु भयो । त्यस्तै अर्का बिस्थापितले सबै पीडा भोगिरहनुपरेको तर कतैबाट सहयोग प्राप्त नभएको बताउनु भयो ।

गाजाको अहिलेको अवस्था निकै कष्टकर रहेको उहाँको भनाइ थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);