द्वन्द्व बढ्दै गएपछि पानीको अभावमा समुन्द्रको सहारा लिँदै गाजाबासि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

द्वन्द्व बढ्दै गएपछि पानीको अभावमा समुन्द्रको सहारा लिँदै गाजाबासि

काठमाडौं, २० कात्तिक । प्यालेस्टाइन–इजरायली द्वन्द्व चर्किंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव हुँदा तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका लागि समुन्द्री पानीको सहारा लिएका छन् । गाजा निवासी ओम ओसामाले बिजुली, ग्यास, खानेकुरा र पिउने पानीसमेत नभएको बताउनु भयो ।

गाजामा केही नभएको र गाजा अहिले घेराबन्दी र घातक युद्धबाट पीडित रहेको गाजा बिस्थापित व्यक्ति सईद महमूदले बताउनु भयो । घेराबन्दी र युद्धले युवा र बालबालिकाको भविष्यलाई मारिरहेको छ ।

त्यस्तै अर्का एक बिस्थापितले पानी पिउन समेत नपाउनुले कहिले मर्नुपर्ने भन्ने यकिन नरहेको बताउनु भयो । उहाँले खानेकुरा नपाउने ठूलो कुरा नभएको भन्दै उहाँले पानी समेत पिउन नपाएको दुखेसो गर्नुभयो । उहाँले पानीको लागि समुन्द्र एकमात्र विकल्प भएको बताउनु भयो । पानीका लागि समुन्द्र धाउनुपरेको र त्यही बस्ने गरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);