जनकपुरबजारमा अनुगमन जारी, म्याद गुज्रेका सामान बेच्नेलाई मुद्धा लगाइने | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

जनकपुरबजारमा अनुगमन जारी, म्याद गुज्रेका सामान बेच्नेलाई मुद्धा लगाइने

जनकपुरधाम, १३ असोज । जनकपुरधाम नगरक्षेत्रमा नियमित रुपमा भईरहेका बजार अनुगमनका क्रममा केहि पसलमा म्याद गुज्रेका सामान बेच्नेलाई कारबाही प्रक्रियामा लगिने भएको छ । सोमबार जनकपुरधाम क्षेत्रमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरु पायएका छन् ।

पसलहरुमा प्याकिङ गरिएका सामानहरुमा लेवल प्रष्ट नभएको, केहि सामानहरुको उत्पादन गरेको कम्पनीको ठेगाना स्पष्ट नरहेको लगायतका सामानहरु फेला परेकाले कारबाही गरिने खाद्य प्रीवधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख बिजय खनालले जानकारी दिनुभएको छ ।

अनुगमनका क्रममा जनकपुरधाम ४ मा रहेको चौधरी जेनरल सप्लायर्स तथा दिपक किराना पसलमा लेवल नभएका खाद्य पदार्थ विक्री गर्न राखेको पाइएकाले खाद्य एन अनुसार कारबाही गरी प्रक्रिया अगाडी बढाइने तथा म्याद गुज्रेका र लेवल नभएका सामान विक्री नगर्न निर्देशन दिएको कार्यालय प्रमुख विजय खनालले जानकारी दिनुभयो ।

जनकपुर बजारको अवस्था केहि ठिकै रहेको बताउदै उहाँले सामान्य जानकारीको अभावमा केहि व्यापारीहरुले नियम विपरित काम गरेको पाइएकाले उनिहरुलाई खाद्य ऐन सम्बन्धी जानकारी गराइने बताउनु भयो । उहाले खाद्य पदार्थ दुषित पाएमा वा सो सामानको उत्पादन मिति, अनुज्ञापत्र उल्लेख नभएको पाएकाहरुलाई कारबाही प्रक्रिया बढाइने उहाँले बताउनु भयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाममा खाद्य पदार्थको जाँच गर्न समेत व्यवस्था भएकाले बजारमा गुणस्तरहिन सामानहरु बेच्ने पसलेलाई कारबाही गर्नुका साथै उनिहरुलाई गुणस्तरयुक्त खाद्य पदार्थ बेच्नको लागि प्रेरित गर्न समेत नियमित रुपमा अनुगमन गरिएको बताउनु भयो ।

आइतबार जनकपुरधाम क्षेत्रका पानी उद्योगहरुमा गरिएको अनुगमनमा धेरै उद्योगको पानीमा उत्पादन मिति, लेवल, पानी उद्योग पानी निर्देशिका विपरित संचालित भएको पाइएको थियो । ति मध्ये केहि पानी उद्योगको पानी विना लेबल र प्याकिङ मिति बिनाको बजारमा पाइएकाले सो पानी उद्योगलाई समेत कारबाही गरिने उहाँले बताउनु भयो ।

Leave a Reply

ताजा समाचार