मिडिया विज्ञापनको दररेटको सम्बन्धमा स्पस्ट हुन सकेनः नेपाल विज्ञापन संघ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मिडिया विज्ञापनको दररेटको सम्बन्धमा स्पस्ट हुन सकेनः नेपाल विज्ञापन संघ

काठमाडौं, १३ असोज । नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र रिजालले नेपाली मिडिया विज्ञापनको दररेटको सम्बन्धमा अझैपनि स्पस्ट हुन नसकेको बताउनुभएको छ । नवगठित मिडिया एलायन्सका पदाधिकारीहरुको स्वागत गर्नसंघले सोमबार काठमाडौंमा आयोजना गरको कार्यक्रममा अध्यक्ष रिजालले मिडियामा हुने विज्ञापनको दररेट कति हो भन्ने सम्बन्धमा अझैपनि स्पस्ट हुन नसकिएको बताउनुभएको हो ।

विज्ञापन बोर्ड गठन भए मात्रै सबै मिडियाका विज्ञापनको दररेटको सम्बन्धमा नियमन हुने पनि उहाँको भनाई छ । विज्ञापनको क्षेत्रमा नियामक निकाय नहुँदा आफुहरुलाई सँधै दोषि देखाउने गरिएको भन्दै अध्यक्ष रिजालले सरकारसँग विज्ञापनको विज्ञता नहुँदा व्यवसायिकता देखिन नसकेको बताउनुभयो। सरकारले अवस्था बुझेर नियामक निकाय ल्याएमा थप ७ अर्बको व्यवसाय विस्तार हुने पनि उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);