नेपाल विज्ञापन संघद्वारा विज्ञापनमा एकद्वार प्रणालीको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल विज्ञापन संघद्वारा विज्ञापनमा एकद्वार प्रणालीको विरोध

काठमाडाैं । नेपाल विज्ञापन संघ आनले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एक एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोध गरेको छ । नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भुमिकालाई खुम्च्याउने गरी बनाउँदै गरेको भन्दै ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्ने बताए ।

बोर्डले सरकारी विज्ञापन दामासाही तरिकाले बाड्नुपर्ने धारणा राखेकाले सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा दिनुपर्ने अध्यक्ष धितालले बताए । विज्ञापनमा एकद्वार नीति सञ्चार माध्यम, विज्ञापन व्यवसायी र सरकार सबैको लागि प्रत्युत्पादक रहेको उनले बताए । नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष रविन्द्र रिजालले सरकार अथवा नीजि क्षत्रले गर्ने विज्ञापन सम्बन्धी काम विज्ञापन व्यवसायी मार्फत जाँदा नै मिडिया हाउसलाई सहज हुने बताए ।

विज्ञापनसँग सम्बन्धित नीति, नियम बनाउँदा यससम्बन्धी विज्ञहरुसँग छलफल परामर्श नगरिएको भन्दै उनले आगामी दिनमा सम्बन्धित विषय विज्ञको सुझाव लिइनुपर्ने सुझाए । आगामी दिनमा विज्ञापन व्यवसायलाई अप्ठ्यारो पार्ने काम गरिए कानुनी बाटो समात्ने पनि आनले जनाएको छ भने संघर्षको कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ । आनले आफ्नो स्थापना दिवसको अवसर पारेर आइतबारदेखि असार ७ गतेसम्म विज्ञापन सप्ताह मनाउँदै छ ।

एक साता विभिन्न कार्यक्रम गरिने भएको छ । जस अनुसार पहिलो दिन कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ भने सप्ताहभरी विज्ञापन क्षेत्रका विभिन्न व्यक्तिहरुसँग अन्तत्र्रिmया तथा मिडियामा यस क्षेत्रका व्यक्तिहरुको बाइट तथा अन्तर्वार्ताहरु प्रस्तुत गरिने आनले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);