विज्ञापन बोर्डको गठनमा भएको ढिलाईप्रति मिडिया एलाईन्सद्वारा सरकारको गम्भीर ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विज्ञापन बोर्डको गठनमा भएको ढिलाईप्रति मिडिया एलाईन्सद्वारा सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौं, २० कार्तिक । विज्ञापन बोर्डको गठनमा भएको ढिलाईप्रति मिडिया एलाईन्स नेपालले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

बुधबार संयुक्त वक्तव्य जारी गर्दैमिडिया एलाईन्स नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ अनुसार विज्ञापन बोर्डको गठनमा भएको ढिलाईप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुका साथै बोर्ड गठन गर्न गरिएको ढिलाई र त्यसले पारेको प्रभावलाई विचार गरी तत्काल बोर्ड गठन गर्न माग गरेका छन् ।

मिडिया एलाईन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्र्रुव शर्मा र नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र कुमार रिजालद्वारा हस्ताक्षर गरी जारी गरिएको वक्तव्यमा व्यवसायीक व्यक्तिहरुको संलग्नतामा तत्काल विज्ञापन बोर्ड गठन गर्न र विज्ञापनरहित नीतिको प्रभावकारी कार्यान्वयन गर्न, पत्रपत्रिका, रेडियो टेलिभिजनका अतिरिक्त इन्टरनेट तथा समाजिक संजालमार्फत् भइरहेको विज्ञापन व्यवसायलाई समेत नियमन गर्न माग गरिएको छ ।

यसैगरी अवैध रुपमा नेपालमा प्रशारण गरिरहेका विदेशी डिटिएचलाई तत्काल नियन्त्रण गर्न तथा विभिन्न माध्यममार्फत भईरहेका गैरकानुनी प्रशारणमा तत्काल प्रतिबन्ध लगाउन माग गरिएकोे छ ।

त्यस्तै नेपालमा डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित हुनुपर्ने प्रावधानको मिडिया एलाईन्स नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघले स्वागत गरेका छन् ।

गत कार्तिक ८ गतेबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानहरुमा विज्ञापनरहित प्रावधान लागू भएको छ । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित बनाउने सरकारी निर्णय कार्यान्वयनमा आएकोमा मिडिया एलाईन्स नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघले स्वागत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);