मुख्यमन्त्री राउत र सञ्चार सचिवालयको फेसबुक पेज ह्याक | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

मुख्यमन्त्री राउत र सञ्चार सचिवालयको फेसबुक पेज ह्याक

जनकपुरधाम, १९ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज ह्याक भएको छ ।

मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार बिहान एकसाथ ह्याक भएको हो ।

यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको छ । प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ । मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);