पोखरामा बोलेरो जिपमा आगालागी | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

पोखरामा बोलेरो जिपमा आगालागी

कास्की । पोखरामा बोलेरो जिपमा आगलागी भएको छ । पोखरा –२ अर्चलबोटमा ग २च ९३७५ नम्बरको जिपमा आइतबार बिहान ९ः४५ बजे आगलागी भएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले जानकारी दिए । उत्तम पेट्रोल पम्पमा तेल हालेर निस्कने क्रममा दुध बोक्ने जिपमा अचानक आगलागी भएको डिएसपी हमालले बताए ।

दमकल र १० जनाको प्रहरी टोलीले ३० मिनेटमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट जिपको अगाडिको भागमा क्षति पुगेको र मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);