काठमाडौंको बुद्धनगर स्थित एक फर्निचर उद्योगमा भीषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौंको बुद्धनगर स्थित एक फर्निचर उद्योगमा भीषण आगलागी

aago

काठमाडौं, १० मंसिर । काठमाडौंको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । सोमबार दिउँसो बुद्धनगरस्थित गौरीशंकर फर्निचर उद्योगमा भीषण आगलागी भएको हो । दिउँसो ३ बजेतिर लागेको आगो २ घण्टाको प्रयासपछि पूर्ण नियन्त्रणमा आएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरसहितको १० वटा दमकलको सहायतामा सो फर्निचरको आगो नियन्त्रणमा लिइएको महानगरी प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

आगलागीमा परी सो उद्योगमा रहेका सम्पूर्ण फर्निचर नष्ट भएका छन् । आगलागीको कारण भने अझै खुल्न सकेको छैन । आगो नियन्त्रणको काम भर्खरै सकिएको र अव घटनाबारे अनुसन्धान काम सुरु गरिएको पनि डिएसपी काफ्लेले बताए ।

आगलागीमा मानवीय क्षति भने हुन पाएन । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ । सो आगो नियन्त्रणका लागि डिएसपी काफ्लेको नेतृत्वमा २ सय भन्दा बढि प्रहरी परिचालन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);