बागलुङ बजारमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बागलुङ बजारमा आगलागी

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोकमा आगलागी हुँदा एक घरमा क्षति पुगेको छ ।

बागलुङ सदरमुकाममा रहेको व्यवसायी सुन्दर श्रेष्ठको हार्डवेयर पसलमा शुक्रबार बिहान आगलागी भएको स्थानीयले बताएका छन् ।

पसल रहेको घरमा आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सक्रियता र बागलुङ नगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आगलागी के कारणले भयो र कति क्षति भएको छ भन्ने कुरा यकिन भई सकेको छैन । केही दिन अघि मात्रै बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा रहेको सृजना फर्निचर उद्योगमा आगलागी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);