आगलागीमा करीब नौ लाखको क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

आगलागीमा करीब नौ लाखको क्षति

aagolagi

गौशाला, २१ पुस : महोत्तरी जिल्लाको चार स्थानमा गए राति भएको छुट्टाछुट्टै आगलागीको घटनामा करीब रु नौ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गाहा नगरपालिका–६ हतिसर्वा बस्ने उमेशप्रसाद यादवले लगाएको दुई बिघा क्षेत्रफलको उखु खेतमा अचानक आगलागी हुँदा रु आठ लाख मुल्य बराबरको क्षति भएको छ । पीडित उखु किसान यादवका अनुसार कसैले रिसइबीका कारण आगजनी गरिदिएको हो ।

त्यस्तै जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने रामबहादुर सहनीको पोखरीको डिलमा रहेको पानी तान्ने मोटर घरमा विद्युत् सर्ट भई आगलागी हुँदा मोटरघर र मोटरसमेत जलेर रु २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोनमा गाउँपालिका–४ बस्ने रामकिशोर साहको दुई परालको कुन्यूमा आगलागी हुँदा रु २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको गौशाला नगरपालिका–२ निगौल बस्ने शेष कलामको घर नजिकै रहेको दुई बिघा खेतको परालमा आगलागी हुँदा करीब ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);