चन्द्रौटा बजारका दुई पसलमा आगलागी, ९० लाखको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चन्द्रौटा बजारका दुई पसलमा आगलागी, ९० लाखको क्षति

कपिलवस्तु । शिवराज नगरपालिकाको चन्द्रौटा बजारका दुई पसलमा मङ्गलवार राति आगलागी हुँदा करिब ९० लाख बराबरको क्षति भएको छ । आगलागी राति ९ बजेर ३० मिनेटमा भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । 

आगलागीले विष्णु भुसालले सन्चालन गरेको चन्द्रौटा फिक्स सप (कपडा पसल) जलेर नष्ट भएको छ । पसलमा रहेका कपडा र अन्य सामग्री सबै नष्ट भएको छ । यसैगरी भुसालको पसलसँगैको बाबुराम गिरीले सञ्चालन गरेको ल्यापटप हस्पिटल (कम्प्युटर पसल) मा समेत आगाे क्षति पुर्याएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र शिवराज नगरपालिकाको दमकल परिचालन भएको थियो । आगलागीका कारण र क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । दुवै पसलमा गरी करिब ९० लाखको क्षति भएको अनुमान छ । कपडा पसलमा ५० लाख र कम्प्युटर पसलमा ४० लाखभन्दा बढीको सामग्री जलेको सञ्चालकहरूको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);