नारायणगढको चारतले भवनमा आगलागी, राति लागेकाे आगाे बिहान मात्र नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नारायणगढको चारतले भवनमा आगलागी, राति लागेकाे आगाे बिहान मात्र नियन्त्रणमा

चितवन । नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न विभिन्‍न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको हो ।

राति २ बजेदेखि लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको सहायतमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए । भरतपुर महानगरपालिकाको एक, खैरहनी नगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँ रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । ‘फेन्सी, इलेक्ट्रोनिक, मोबाइल, जुत्ता चप्पल र कपडालगायतका करिब ८ पसलमा आगलागी भएको छ । आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको छ’, उनले भने, ‘विद्युत सर्ट भएर आगलागी भएको हो कि भनेर अनुमान गरेका छौँ । चार तले घरको तलको दुई तलामा आगोले क्षति पु¥याएको हो ।’

चारतले घरको पहिलो तलामा सञ्चालन भएका एक्सप्रेस मोबाइल पसल, दुर्गा इलेक्ट्रोनिक पसल, श्रीकृष्ण सप्लायर्स, जुत्ता पसल, फेन्सी पसल र दियालो फेन्सी पसलमा आगलागी भएको उनले बताए । आगलागी भएका ६ वटा पसलका सञ्चालक सम्पर्कमा आएको उनले बताए । आगलागीपछि भरतपुर महानगरको मेयरका उमेदवार विजय सुवेदी निरीक्षणका लागि पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);