काठको घुम्ती पसलमा आगलागी हुँदा एक करोड क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

काठको घुम्ती पसलमा आगलागी हुँदा एक करोड क्षति

सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको याल्वाङमा आगलागी हुँदा दुई कोठाको एक पसल र एक होटेल जलेर नष्ट भएको छ ।

नाम्खा गाउँपालिकाको वडा नम्बर ४ का छिरिङ पाल्जोर तामाङको पसलसहित होटेल रहेको एक तलाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

२०७८ चैत १८ गते दिउँसो काठको टहराको दुई कोठा जलेर नष्ट हुँदा एक करोड २५ लाख बराबरको क्षति भएको याल्वाङ प्रहरी चौकीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । तामाङले लामो समयदेखि पसल तथा होटेल व्यवसाय गर्दै आएका थिए ।

पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्य बस्तुलगायत सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);