बाजुराको स्वामी कात्तिकको एक वस्तीमा आगलागी, ६ घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाजुरा, २४ असोज । बाजुराको स्वामी कात्तिक गाउँपालिकाको वडा नम्बर ३ स्थित एक वस्तीमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्।

सोमबार साँझ एक घरमा सल्किएको आगोले सँगै रहेका छ घर नष्ट बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। खरको घरमा बालबालिकाले आगो खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

सदरमुकामबाट टाढा रहेको उक्त स्थानमा मोबाइल नेटवर्कले समेत त्यति काम नगर्दा क्षतिबारे पूर्ण विवरण आउन नसकेको प्रहरीले जनाएको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);