बाजुरामा आगलागी, ६ घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाजुरा, २४ असोज । बाजुराको स्वामिकार्तिक गाउँपालिका–३ जुकोटको दलित बस्तीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् ।

सोमबार राति घरबाहिर बालबालिकाले आगो खेलाउने क्रममा बस्तीमा आगलागी भएको हो । आगलागीबाट खन्टे कामी, नरे कामी, हर्मले कामी, धनबहादुर कामी, धनराज कामी र गोरे कामीको घर जलेर नष्ट भएको छ ।

आगलागीमा घरमा रहेका खाद्यान्न लगायत सम्पूर्ण सामग्री पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आगलागी भएको गाउँ बाजुराको सदरमुकाम मार्तडीबाट २ दिनको पैदल दुरीमा पर्छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);