काठको नक्सा नआँउदा घर बनाउन पाएनन् सिन्धुलीबासीले | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सिन्धुली, २३ असोज । भूकम्प गएको ३० महिना बित्दा पनि भूकम्पप्रतिरोधी घर निर्माणको लागि काठको नक्सा नआउँदा सिन्धुलीमा मात्रै ५० प्रतिशत भूकम्पपीडितले घर बनाउन पाएका छैनन् ।

सिन्धुलीका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण र तिनपाटन गाउँपालिका अन्तर्गतका ५० प्रतिशतभन्दा बढी भूकम्पपीडितको घरहरु काठबाट निर्माण गरिएका छन् ।

तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठको नक्सा स्वीकृत गरेर नपठाएका कारण समस्या भएको भूकम्पपीडितको भनाइ छ ।

प्राधिकरणले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ बुझ्ने सबै भूकम्पपीडितका लागि कात्तिक मसान्तभित्रमा दोस्रो किस्ताका लागि काम सम्पन्न गरी सम्झौता गर्न भनेको छ ।

तर, ढुंगामाटोको घर बनाउन सम्भावना नै नहुने ठाउँमा काठको घर बनाउन नक्सा नआउँदा समस्या भएको पीडितको भनाइ छ ।

प्राधिकरणले १८ प्रकारका भूकम्पप्रतिरोधी घरहरुको नक्सा स्वीकृत गरे पनि काठ र ब्लकको घर निर्माणका लागि हालसम्म नक्सा डिजाइन र स्वीकृत गरेको छैन ।

सिन्धुलीका ३७ हजारभन्दा बढी भूकम्पबाट क्षतिग्रस्त घरहरु पुनर्निर्माणका लागि लाभग्राहीको सूचीमा परेका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);