त्रिशुली–३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माईतीघरमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

त्रिशुली–३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

काठमाडौँ । माथिल्लो त्रिशुली–३ बी जलविधुत आयोजनामा फसेकाहरुको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ ।
सोमवार हाईड्रोमा फसेका आफन्तहरुले माईतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले माथिल्लो ३ बी मा उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । सरकारले आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरुलाई पनि खोजी गर्न जान नदिएको उनीहरुको गुनासो छ । रसुवा बाढीपछि त्रिशुली ३ बी जलविद्युत आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्र्कविहीन छन् । बाढीले आयोजनालाई पूर्ण रुपमा क्षति गरेको छ । सरकारले उद्धार तथा खोजी कार्यको लागि उक्त आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन । उक्त आयोजनामा उद्धार कार्य कठिनाई देखिएको सरकारको भनाई छ तर पीडितहरुले भने उद्धारमा कठिनाई छ भन्दैमा सरकार पन्छिन नमिल्लने बताउँछन् । बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशूली ३ बी मा कार्यरत कर्मचारी तथा कामदारहरुको खोजीकार्यमा सरकारले अदारुकता नदेखाएको बताउनु भयो । उहाँको श्रीमान वरिष्ठ भूगर्भविद् सुमेश अमात्य हाल सम्पर्क विहीन हुनुहुन्छ । गृह मन्त्रालयमा गएर पटकपटक ध्यानकषर्ण गराउँदा पनि सरकारले चासो नदिएको उहाँको भनाई छ । सरकारले हेलिकप्टर लगायतका उपकरण लगेर उद्धार गर्नुपर्नेमा कुटो कोदाले लिएर पठाएको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, बाढी गएको ३/४ दिनमा नै हामी गृहमन्त्रालयमा ध्यानाकर्षण गराउन गएका थियौँ तर त्यहाँ हामीलाई भेट्न दिईएन । रेक्स्यू भइरहेको छ, किन आत्तिएको भन्नेकुरा उहाँहरुले गर्नुभयो । सरकारले रेस्क्यु गर्न नै जानेको रहेनछ, कुटो कोदालो बोकेर रेस्क्यू गर्न जाने हो, सरकार कति लाचार छ भन्ने यही बाट थाहा भयो नी त ।’
सरकारले हराएकोहरु जीवित भए जीवित र नभएमा शव भएपनि आफन्तलाई उपलब्ध गराउनुपर्ने पीडितहरुको भनाई छ । हेलिकप्टर लगायत अरु उपयुक्त उपकरण लगेर तत्काल उद्धार कार्यलाई तिब्रता दिन उनीहरुले माग गरेका छन् । बाढी गएको लामो समयसम्म पनि उद्धार हुन नसक्नु सरकारको लाचारीपन भएको पीडितहरुको भनाई छ । सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर बेलैमा उद्धार तथा खोजी गर्न पनि कन्जुस्याई गरेको उनीहरुको आरोप छ । ११ औँ दिनसम्म पनि जीवितै उद्धार भईरहकोले सरकारले समयमा नै त्रिशूली ३ बी मा पनि खोजी कार्य गरिदिएमा त्यहाँ रहेका मानिसहरुलाई सकुशल उद्धार गर्न सकिने आफन्तहरुको आश छ । सरकारलाई कुनै एक ठाउँमा मात्रै उद्धारमा केन्द्रित नहुन उनीहरुले आग्रह गरेका छन् । प्रर्दशनमा सहभागीहरुले ‘उद्धार गर्न कठिन छ झन उद्धार गर्न नहुने कुरा हुँदैन’, ‘कति घर बसेर कुरेर, रोएर दिन बिताउने हामी पीडित ?’ ‘१३ दिन भईसक्यो र पनि उद्धारको सूचना खै ?’, त्रिशुली ३ बी लाई प्राथमिकता दिनुस्’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Leave a Reply