लौकी खोलामा रात्री बस खस्दा तीन जनाको मृत्यु, १२ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, २४ असोज । बाँकेको लौकी खोलामा रात्री बस खस्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।

काठमाडौँबाट धनगढी जाँदै गरेको ना४ख ८२५५ नम्बरको बस मंगलवार बिहान दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा खसेको हो ।

इलाका प्रहरी कोहलपुरले दिएको जानकारी अनुसार तीन जनाको मृत्यु भएको भनिएपनि पुष्टि हुन भने बाँकी रहेको छ । घाइते १२ जनाको भने उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

बस पुलबाट सिधै खोलामा खसेको हो । खाल्डोबाट बसलाई जोगाउन खोज्दा बस अनियन्त्रीत भई खोलामा खसेको आशंका गरिएको छ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);