काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो,४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो,४ जनाको मृत्यु

trishuli pappu

काठमाडौं,२३ फागुन । कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिसुलीमा खस्दा ४ जनाको मृत्यु भएको छ ।

लु२ ख २१२१ नम्बरको यात्रुबाहक बस बिहान ५ बजे धादिङको त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । बस खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३२ जना सकुशल रहेको बुझिएको छ ।

बस अनियन्त्रित भइृ खोलामा खसेको हुन सक्ने अनुमान गरिएको छ । उद्धारका लागि ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको थियो । बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);