काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ६ को मृत्यु, २१ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ । चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ। २१ जना घाइते भएका छन्। काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ज्यान जानेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ज्यान जानेमध्ये दुईजना महिला र चारजना पुरुष छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ। अरु घाइतेको भरतपुर अस्पताल उपचार भैरहेको छ।

त्रिशुलीमा डुबेको गाडीको छत मात्रै देखिएको छ। बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर अनियन्त्रित भएर त्रिशूलीमा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);