त्रिशुली बस दुर्घटना (अपडेट) : ५ जनाको मृत्यु, २४ जना बेपत्ता, १६ जनाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

त्रिशुली बस दुर्घटना (अपडेट) : ५ जनाको मृत्यु, २४ जना बेपत्ता, १६ जनाको उद्धार

sarlahi bus durghatana

काठमाडौं, २४ साउन । शुक्रबार त्रिशुली नदिमा बस खस्दा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना बेपत्ता भएका छन् । सर्लाहीको सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं आउँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाट त्रिशूली नदीमा खसेको थियो । बसमा सवारमध्ये १६ को भने उद्धार गरिएको छ । बसलाई त्रिशूलीबाट निकालिएको छ ।

बसभित्र कोही पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ । तीन जनाको घटनास्थलमै र दुई वटा शव चितवनको जुगेडीमा फेला परेको प्रहरीले जनाएको छ ।

ना ६ ख ७४६९ सृष्टि डिलक्स बस शुक्रबार बिहान साढे ३ बजे त्रिशूलीमा खसेको थियो । बसलाई भने क्रेनले तानेर बाहिर निकालिएको छ। कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);