अपडेट - त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धादिङ, ११ कार्तिक । राजविरावजबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। शनिबार बिहान करिब साढे ५ बजे ना ६ ख १४६७ नम्बरको सन्तोष ट्राभल्सको रात्री बस त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ।

अहिलेसम्म ९ पुरूष, ७ जना महिला र नाबालक सहित अन्य ३ जनागरी १९ जनाको शव फेला परेको छ। मृत्यु हुनेहरूको सनाखत भने हुन सकेको छैन्। बसमा कति यात्रु थिए भन्ने यकिन हुन नसकेपनि सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको भने पुष्टि भएको छ। बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन।

अस्पतालमा उपचाररत घाइतेहरुका अनुसार बसमा करीब ५०-५५ जना यात्रु सवार रहेका थिए। यस अगाडि नै नदीमा परेका १३ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल लगिसकेका छन्।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);