सप्तरीबाट काठमाडौँ आउँदै गरेको रात्री बस त्रिशुलीमा खसेर वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

सप्तरीबाट काठमाडौँ आउँदै गरेको रात्री बस त्रिशुलीमा खसेर वेपत्ता

धादिङ, ११ कार्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस दुर्घटना भएको छ। सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको रात्रीबस बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

सप्तरीको राजविराजबाट आउँदै गरेको बस भनिएपनि बस नम्बर नखुलेका कारण कति यात्रु थिए भनेर पनि एकीन गर्न नसकिएको गजुरी प्रहरीले जनाएको छ।

अहिलेसम्म दुर्घटना स्थल गजुरीबाट १५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पुर्याइएको र नदीमा डुबेको बस र यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ।