एकै घरका ६ जना सहित मृतकको संख्या ३० पुग्यो (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एकै घरका ६ जना सहित मृतकको संख्या ३० पुग्यो (अपडेट)

dang accident

काठमाडौं, ११ कात्तिक । राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस धादिङको गजुरी गाउँपालिकाको घाटबेँसीको मोडबाट आज बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा अहिलेसम्म एकै घरका ६ जना सहित ३० जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । जसमध्ये १२ जनाको सनाखत भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीका पंडित रमानाथ झाको परिवारका ६ जना सदस्यको यस दुर्घटनामा परी ज्यान गएको छ ।

दिपावली र छठ पर्व मनाएर काठमाडौंं फर्किरहेका यात्रुहरुको उक्त दुर्घटनामा परी मृत्यु भएपछि सिङ्गो सप्तरी जिल्ला शोकमग्न भएको छ। घाइते भएका १६ जनाको उद्धार गरिएको छ ।

सनाखत भएका १२ जना मृतकको नामावली
१. चन्द्रावती झा – सप्तरी
२. चन्द्ररेखा प्रणामी
३. शुसान चौधरी – सप्तरी
४. सिम्मी कुमारी झा – सप्तरी
५. नरेश मुखिया – सप्तरी
६. मन्जित कुमार झा – सप्तरी
७. रमानन्द यादव – सप्तरी
८ आदित्य यादव – सप्तरी
९. संजित कुमार झा – सप्तरी
१०. राज कपुर यादब – सिरहा
११. पार्वती चौधारी – सप्तरी
१२.  ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);