त्रिशूलीले सप्तरीलाई शोकाकुल बनायो, एकै परिवारका ८ जना सहित ३१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

त्रिशूलीले सप्तरीलाई शोकाकुल बनायो, एकै परिवारका ८ जना सहित ३१ जनाको मृत्यु

dang accident

काठमडौँ, १२ कार्तिक । शनिबार बिहान धादिङको गजुरी गाउँपालिकास्थित त्रिशुली नदीमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख १४६७ नम्बरको यात्रुबाहक बस त्रिशूलीमा खस्दा मृत्यु हुनेमा अधिकांश सप्तरीकै भएकाले दिनभरि सिङ्गो जिल्ला शोकमग्न रह्यो।

सप्तरी प्रहरीका अनुसार सनाखत भएका ३१ जना मध्ये २४ जना सप्तरीकै रहेका छन्। यस्तै सप्तरीकै दुई जना वेपत्तासमेत छन्। मृत्यु हुनेमा अधिकांश एकै परिवारका छन्। बस दुर्घटनामा परी मृत्यु हुनेहरु मध्ये १२ जना पुरुष, ७ महिला, ६ बालक र ६ बालिका रहेका छन्।

तिलाठीका पण्डित रमानाथ झाले उक्त दुर्घटनामा आफ्ना दुई छोरा, एक बुहारी, दुई नातीसहित परिवारका ८ जनालाई गुमाए। तिहार-छठ सकेर घरबाट काठमाडौँ जाने क्रममा पण्डित झाका ३८ वर्षीय जेठो छोरा संजित, ३५ वर्षीया बुहारी सिमी, नातिहरु १० वर्षीय अभिनव र ४ वर्षीय प्रतिक, ३३ वर्षिय कान्छो छोरा अंजितको उक्त दुर्घटनामा मृत्यु भएको हो।

जेठो छोरा सन्जितकी २२ वर्षीया साली पूजा, १९ वर्षीय सालो आदित्य र ७४ वर्षिया जेठी सासु चन्द्रवाती झाको पनि सोही दुर्घटनमा निधन भएको हो। यी मध्ये पूजा र प्रतिकको शव अझ फेला पर्न सकेको छैन। सन्जित नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौँ तहमा कार्यरत रहेको तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष शतिसकुमार सिंहले बताए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);