अन टेस्ट मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अन टेस्ट मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सप्तरी । सप्तरी खड्क नगरपालीकामा अन टेस्ट मोटरसाइकल लाई ट्रयाक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।

गय रति सप्तरी खड्क नगरपालीका ८ स्थित पहाडे भदिया चोक नजिक बोदेबर्साईन बिसनपुर भित्री सडक खण्डमा बिसनपुरबाट बोदेबर्साईन तर्फ जादै गरेको नया अन टेस्ट मोटरसाइकल लाई स. १ त २७२६ नम्बरको ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालक खड्क नगरपालीका ढोलबाजाका २२ बर्षिय अनिल चौधरी सक्त घाईते भई उपचारको लागी लाहान अस्पताल पुर्याउँदा चौधरीको मृत्यु भएको भएको छ।

मृतकको शव पोस्टमार्टम को लागि अस्पताल राखिएको छ भने ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);