उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी आजबाट असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ । यसअघि बिहान नौ बजेसम्म मात्र खोल्न पाइने तरकारी, फलफुल तथा खाद्यान्न पसलहरु आजबाट ११ बजेसम्म खोल्न पाइनेछ ।

यसका साथै आजबाट स्टेसनरी पसलहरु पनि ११ बजेसम्म खोल्न पाइने छ भने हार्डवेयर पसलहरु दिउँसो ४ बजेबाट खोल्न पाइने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकाका ३ जिल्लाका सीडीओहरुको जेठ ३० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । औषधि तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल, डिपार्टमेन्टल ग्रोसरी, पुस्तक पसल, कृषि मल, बीउ, कृषि औजर र निर्माण सामाग्री पसल बाहेकका अन्य पसलहरु सञ्चालन गर्न नपाइने बैठकले निर्णय गरेको थियो ।

त्यसैगरी बैठकको निर्णय अनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमीनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, सैलुन, व्युटी पार्लर , जिमखाना आदि भने अझै खोल्न पाइने छैन । खुल्ला स्थानमा मानिसहरु भेला जम्म हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव भोज भतेर सञ्चालनमा लगाइएको रोकलाई निरन्तरता नै दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);