देशभरका विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशभरका विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु

काठमाडाैं । देशभरका विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ ।

नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी भएको हो ।

मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइ सकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु गर्ने कार्यतालिका रहेको सामुदायीक विद्यालय व्यवस्थापन महासंघले बताएको छ ।

कोरोना संक्रमणका कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो ।

त्यही कार्यतालिका अनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान संचालन गर्न लागेका छन् । भर्ना अभियानको समयावधि भित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);