निशेधाज्ञाले निसास्सिएको कपिलवस्तुको जनजीवन आजबाट सामान्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निशेधाज्ञाले निसास्सिएको कपिलवस्तुको जनजीवन आजबाट सामान्य

कपिलवस्तु । करिब १ महिना १० को निशेधाज्ञाले निसास्सिएको कपिलवस्तुको जनजीवन आजबाट सामान्य बन्दै छ । असार ७ गतेसम्म निशेधाज्ञा जारी गरिए पनि शिक्षण संस्था र सार्वजनिक यातायातबाहेक अरु क्षेत्र आजबाट खुल्ने भएपछि जिल्लाको जनजीवन सामान्य बनेको हो ।चौथो पटक थप भएको निशेधाज्ञाको समयावधी गयराति १२ बजे सकिएको छ ।

जिल्ला कोरोना नियन्त्रण समन्वय समिती डिसीएमसीको अस्ती बसेको वैठकले निशेधाज्ञा खुकुलो पार्ने निर्णय गरेसंगै विहानैबट अरु दिन भन्दा आज बढी चहलपहल देखिएको छ । जिल्लामा पानी परिरहे पनि विहानैबाट नीजि सवारी हिजोको तुलनामा धेरै चलेका छन् ।

विहानैदेखि सडकमा नीजि सवारी साधन, मोटरसाइकल, कार, अटो रिक्सा निर्बाध रुपमा चलेको देखिन्छ । यसैगरी बैंक तथा बित्तिय संस्था पनि आजबाट पूर्णरुपमा खुल्ने छन् । यता पसलहरु र बयापार ब्ययसाय भने खुले पनि प्रशासनले तोकेको समयमा मात्र संचालन पर्ने छ । पसलको लागि प्रशासनले बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म समय निर्धारण गरेको छ ।

तोकिएको समयबाहेकको समयमा खुल्ने पसल र ब्यवसायीलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो । प्रशासनले भीँडभाड हुन ठाउँलाई भने निशेध गरेको छ । ५ जनाभन्दा बढी भीँड हुन नपाइने, जन्ती बसमा १५ जनाभन्दा बढी राख्न नहुने बताएको छ । आजबाट मालपोत लगायतका सरकारी कार्यालय पनि खुल्ने छन् ।

आगामी असार ८ गतेदेखि भने सवारीमा जोर विजोर प्रणाली लागु गरी संचालन गरिने प्रशासनले जनाएको छ । शिक्षणसंस्थाको हकमा अहिले केही नसोचिएको र केन्द्रको निर्णय अनुसार अगाडी बढ्ने बताइएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या घटेसंगै निशेधाज्ञालाई धेरै मात्रामा खुकुलो बनाएको हो । तर लापरबाही गरेको खण्डमा फेरि कोरोना संक्रमण फैलन सक्ने भन्दै पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने प्रशासनले सबैमा अनुरोध गरेको छ ।

मास्क नलगाई हिँड्ने, होटल र रेष्टुरेन्टमा बढी जम्मा भएर बिभिन्न गोष्ठी सेमिनार गर्ने लगायतका कार्य नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।कोरोनाको दोश्रो लहरको संक्रमण बढेसंगै जिल्लामा गत जेठ २१ गतेदेखि निशेधाज्ञा लागु गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);