कपिलवस्तुको कृष्णनगरमा लगाइएको निषेधाज्ञा हट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कपिलवस्तुको कृष्णनगरमा लगाइएको निषेधाज्ञा हट्यो

Kapilvastu curfew

कपिलवस्तु, १६ कात्तिक । कपिलवस्तुको कृष्णनगरमा लगाइएको निषेधाज्ञा हटाइएको छ । बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा शनिबार बिहान ६ बजे हटाइएको हो ।

जारी निशेधाज्ञा हटाइएपछि अहिले कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु संचालनमा आएका छन् भने विद्यालय, कलकारखाना, बजार खुलेका छन् ।

दिपावलीमा पुजा गरिएको गणेश र लक्ष्मीको मूर्ति बिसर्जनका क्रममा भएको झडपमा स्थानीय सुरजकुमार पाण्डेको मृत्यु भएपछि उत्पन्न विवाद रोक्न कृष्णनगरमा प्रशासनले निषेधाज्ञा लगाएको थियो ।
kapilbastu curfew hatyo

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);