साँझ ५ बजेदेखी कृष्णनगरमा पुन: अनिश्चितकालिन कर्फ्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साँझ ५ बजेदेखी कृष्णनगरमा पुन: अनिश्चितकालिन कर्फ्यु

कपिलवस्तु, ५ कात्तिक । जिल्ला प्रशासन कार्यालयले  सोमवार साँझ ५ बजे देखी कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालसम्म कर्फ्यु अादेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले कृष्णनगर बजार क्षेत्रमा पुन: अनिश्चितकालीन कर्फ्युको घोषणा गरेको छ ।

दुर्गा भवानीको मूर्ति बिर्सजनको विषयलाई लिएर आइतबार झडप  भएपछि  जिल्ला प्रशासन कार्यालयले  कर्फ्यु लगाउनु परेकाे हाे । प्रशासन कार्यालयले तनावग्रस्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको जनाएको छ ।

स्थितिलाई सामान्य बनाउन अहिले सरोकारवालापक्षहरु सँग छलफल भईरहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले बताए ।

दसैँमा पूजा गरिएको दुर्गा भवानीको मूर्ति विसर्जन गर्ने क्रममा भएको झडपले उग्र रूप लिएपछि कपिलवस्तुको कृष्णनगरमा आइतबार साँझदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको हो ।

कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म निषेधाज्ञा लगाइएको छ ।  आज दिउँसो केही समयकालागि कर्फ्यु हटाइएको थियो । तर बेलुका ५ बजेपछि पुन जारी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);