पार्टीलाई विधि र पद्धति अनुसार अघि बढाउने ओलीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पार्टीलाई विधि र पद्धति अनुसार अघि बढाउने ओलीको प्रतिबद्धता

kp oli pm

नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट दिएको राजीनामा अस्वीकार –

काठमाडौं, ५ कात्तिक । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विधि र पद्धति अनुसार अघि बढाउने प्रतिवद्धता जनाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले आगामी दिनमा पार्टीका कुनै पनि निर्णय गर्दा विधि र पद्धति अनुसार गरिने प्रतिवद्धता जनाए ।

वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी पद्धति र प्रक्रियाबाट नेतृत्व नचलेको, निर्णयहरु पार्टीको विधि र विधान अनुसार नभएको भन्दै असन्तुष्टीको पत्र नै सचिवालयमा दर्ता गरेपछि अध्यक्ष ओली दबाबमा परेका हुन् ।

असोजको पहिलो साता बसेको सचिवालय बैठकले प्रदेशका संयोजक तोकेपछि सोही निर्णयप्रति नेता नेपालले असन्तुष्ठि जनाउँदै लिखित असहमति पेश गरेका थिए । सचिवालयको बैठकको निर्णय प्रति असहमति जनाउँदै माधव कुमार नेपालले राखेको पत्रमाथिको गम्भीर छलफल पछि अध्यक्षले विधि र पद्धतिलाई आगामी दिनमा पालना गरिने प्रतिवद्धता जनाए ।

नेता नेपालको असन्तुष्ठीको पत्रमाथि बोल्दै अरु सदस्यहरुले पनि पार्टीको विधि पद्धति लगायतका विषयलाई आत्मसाथ गर्न नेतृत्वको गम्भीर ध्यान आकर्षण गराएपछि आगामी दिनमा विधि र पद्धति अनुसार नै चल्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । साथै बैठकले नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजीनामा पनि अस्वीकार गरेको छ ।

प्रदेश कमिटीको पुर्णता, जिल्ला कमिटीको एकिकरण लगायतका विषयमा एजेण्डा निश्चित भईसकेकाले त्यस बारेको निर्णय आगामी बैठकमा गरिने भएको छ । अर्को बैठक कार्तिक ७ गते अपरान्ह ३ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);