ओलीले पार्टीलाई विधिसम्मत चलाउन नखोजेको नेता नेपालको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ओलीले पार्टीलाई विधिसम्मत चलाउन नखोजेको नेता नेपालको आरोप

madhav nepal

काठमाडौं, २४ फागुन । नेकपाका अध्यक्ष एवं प्रधामन्त्री ओलीको कार्यशैलीप्रति वरिष्ठ नेता नेपालको असन्तुष्टि,ओलीले पार्टीलाई विधिसम्मत चलाउन नखोजेको आरोप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दावी गरे ।

नेपालले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभएपनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहादा पार्टीको सांगठानिक एकीकरणको काममा ढिलाई भईरहेको उल्लेख गरे । वरिष्ठ नेता नेपालले पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा पनि आपत्ति जनाए ।

उनले आफूले अनेकौ पटक भन्दापनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको उल्लेख गरे । नेता नेपालले ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भएपनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको दावी पनि गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);