मुलुकमा नयाँ ढंगबाट नयाँ माओवादी जन्मियो : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुलुकमा नयाँ ढंगबाट नयाँ माओवादी जन्मियो : कमल थापा

kamal thapa

विरेन्द्रनगर, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ वर्षको राजनीतिक परिवर्तनमा जनताले अनुभव गर्नेगरी केही पनि काम हुन नसकेको दाबी गरेका छन् । मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा शुक्रबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर पुगेका थापाले पत्रकार सम्मेलन गर्दै मुलुकमा नयाँ ढंगबाट नयाँ माओवादी जन्मिएको दाबी गरे।

अध्यक्ष थापाले धर्म निरपेक्षता र संघीताकोबारेमा नयाँ तरिकाले छलफल गर्न सरकारलाई आग्रह गरे । उनले राजसंस्थासहितको लोकतन्त्र मुलुकलाई आवश्यक भएको उल्लेख गरे । अध्यक्ष थापाले बर्तमान राजनैतिक परिवेश अनुसार राजसंस्थाको बारेमा गोलमेच सम्मेलन गरेर अगाडी बढ्न आवश्यक भएको बताए ।

अध्यक्ष थापाले नेपाल र भारतबीच भएको १९५० को सन्धीलाई खारेज गरेर नयाँ सन्धीको बारेमा छलफल गर्नु पर्ने आवश्यकता पनि औल्याए । उनले नेपाली भूमि लिपुलेक कालापानी फिर्ताको लागी सरकारले पहल गर्नुमा समेत जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);