कानुन विपरित राप्रपा (प्रजातान्त्रिक) दल दर्ता भएको कमल थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कानुन विपरित राप्रपा (प्रजातान्त्रिक) दल दर्ता भएको कमल थापाको आरोप

काठमाडौं, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आवश्यक प्रक्रिया नै पूरा नगरी निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दल दर्ता गरेको आरोप लगाएका छन् ।

 

अध्यक्ष थापाले संविधान र कानुन विपरित आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दल दर्ता गराएको आरोप लगाए । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले दल दर्ताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकसँग ४० प्रतिशत केन्द्रिय सदस्य संख्या नरहेको दावी गरे ।

 

पशुपति शमशेर राणाले आफूसँग ४० प्रतिशत केन्द्रिय सदस्य रहेको दावी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रजातान्त्रिक दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

 

सोही निवेदनको आधारमा आयोगले दल दर्ता गरेपछि आयोगको सो निर्णय त्रुटिपूर्ण रहेको भन्दै राप्रपाले आपत्ति जनाएको छ । अध्यक्ष थापाले पशुपति शमशेर राणाले दावी गरेजस्तो उनीहरुसँग ४० प्रतिशत केन्द्रिय सदस्य नरहेको दावी गरेका छन् ।

 

पार्टी विभाजन गरी नयाँ दल दर्ता गर्नका लागि कम्तिमा ४० प्रतिशत केन्द्रिय सदस्यको हस्ताक्षर हुनुपर्ने कानुनी व्यवस्था छ । अध्यक्ष थापाले पशुपति शमशेर राणासँग सो संख्यामा केन्द्रिय सदस्यहरु नहुँदा नहुँदै पनि निर्वाचन आयोगले दल दर्ता गराएको आरोप लगाए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);