कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएकाे पशुपतिशमशेरकाे अाराेप | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएकाे पशुपतिशमशेरकाे अाराेप

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप लगाएका छन् ।

अध्यक्ष राणाले पार्टी एकता प्रक्रियालाई अघि बढाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘तातै खाउँ, जल्दै मरौं’ भन्ने खालको हतारो गरेपछि पार्टी एकता प्रक्रिया तत्कालका लागि रोकिएको आरोप लगाए ।

अध्यक्ष राणाले तीन पार्टीबीच एकता हुने भनेपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह एउटै हुनै नसक्ने अडान राखेका थिए । पार्टीको एकता प्रक्रिया रोकिनुमा सिद्धान्तको विषय कारक तत्वको रुपमा नरहेको अध्यक्ष राणाको भनाई छ ।

अध्यक्ष राणाले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग एक पटक गम्भिर छलफल गरेपछि पार्टी एकता गरौैं भन्ने प्रस्ताव थापाले नमानेको आरोप लगाए ।

आफू पार्टी एकताको पक्षमा रहेको र लागि पर्ने पनि अध्यक्ष राणाको प्रतिबद्धता छ । अध्यक्ष राणाले तीन पार्टीबीच गणतन्त्र मान्ने कि नमान्ने भन्ने विषयमा फर्मूला तय भएको उल्लेख गर्दै तत्काल त्यसलाई सार्वजनिक भने नगर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);