राष्ट्रपतिले गरिन् अस्ताउँदो सूर्यलाई अर्घ्य र जल चढाएर छठको पूजा अर्चना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपतिले गरिन् अस्ताउँदो सूर्यलाई अर्घ्य र जल चढाएर छठको पूजा अर्चना

rastrapati chhat

काठमाडौं, २७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गरेकी छन् । काठमाडौं कमलपोखरीमा बनाइएको घाटमा पुगि राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ जल चढाएर पूजा अर्चना गरेकी छन् । राष्ट्रपतिले पूजा गरे सँगै घाटमा रहेका भक्तजनहरुले पूजा सुरु गरेका थिए ।

भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकनसमेत गरेकी छन् । कमलपोखरी सहिते गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदी किनारमा पनि छठ पूजाको लागि घाटहरु बनाइएको छ ।

घाटहरुलाई ध्वजापताका र झल्लार बत्तीहरुले दुलहीझै सजाइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना गरिन्छ । विशेष गरि मिथिला क्षेत्रमा मनाइने यो पर्वमा चिताएको पूरा हुने विश्वासमा महिलाहरुले कठोर व्रत गर्ने गर्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);