उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

chhat samapan

काठमाडौं, ६ मंसिर । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ पर्व सकिएको छ । शुक्रबार छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको मुख्य दिन शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनल् आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रत समापन गरेकाहुन् ।

छठ पर्व मनाएमा मनोकांक्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर,षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

खासगरी तराइका जिल्लामा यो पर्न भब्य रुपमा मनाउने गरिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);