संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ (भिडियाे) | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ (भिडियाे)

छठ पर्व आज अन्तिम दिन उदाउदो सूर्यलाई अघर्यदिइ समापन गरिने परम्परा रहेको छ । हिजो छठमातालाई पूजा अर्चना गरि भगवान सूर्यलाई नदी तथा तलाउमा आधा शरिर डुवाएर अस्ताउँदो सूर्यलाई जल अर्पण गरिएको थियो ।

पच्चतत्वको पर्वको रुपमा मानिने यो पर्वको विभिन्न धार्मिक शास्त्रमा समेत वर्णन गरेको पाइन्छ । यो पर्वमा शतीअनुश्रुया र कुन्तीले समेत व्रत बसेको प्रशंङ्ग रहेको छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।

जीवनदायी शक्ति सूर्य देवता र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । अत्यन्त श्रद्धा र निष्ठाले मनाइने यो पर्व विगतमा मिथिलाञ्चलमा मात्र मनाइने गरिएता पनि पछिल्लो समय सङ्घीय राजधानी काठमाडौं, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय बन्दै गएको छ ।

छठ पर्व आज अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज समापन गरिन्छ । चारदिनसम्म मनाइने यो पर्वको पहिलो दिन नहाय–खाय विधिगरि दोस्रो दिन खरना विधि गरिएको थियो ।

खरनाको दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई खीर अर्पण गरी सोही प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनेगर्दछन् ।

हिजोको दिन अन्नबाहेक फलफूल, ठकुआ , बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, लगायतका चीजहरु ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

छठमातालाई पूजा अर्चना गरि भगवान सूर्यलाई नदी तथा तलाउमा आधा शरिर डुवाएर अस्ताउँदो सूर्यलाई जल अर्पण गरेका थिए । आजको दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्य अर्थात उदाउदो लाई अर्घ दिने परम्परा रहेको छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । पच्चतत्वको पर्वको रुपमा मानिने यो पर्वको विभिन्न धार्मिक शास्त्रमा समेत वर्णन गरेको पाइन्छ । यो पर्वमा शतीअनुश्रुया र कुन्तीले समेत व्रत बसेको प्रशंङ्ग रहेको यो पर्वको बारेमा विभिन्न धार्मिक शास्त्र तथा वेदमा वर्णन गरेको पाइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);