अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै


काठमाडाैं,५ मंसिर । कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । विशेष गरेर तराईका जिल्लाहरुमा मनाइने धार्मिक एवं लोक आस्थाको पर्व छठ अन्तर्गत आज तेस्रो दिन अस्ताउदो सुर्यलाई अर्घ अर्पण गर्ने गरिन्छ ।

आज रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन, शनिबार बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्य दिएपछि विधिवत रुपमा छठ समापन हुन्छ।

छठ ब्रत्त गर्नाले पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने विश्वाससंगै सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस वर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीडभाड नगरी छठ पर्व मनाउन आह्वान गरेको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर व्रत विधि पूरा गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);