गुल्मीमा ढुंगा,बालुवा र गिट्टी उत्खननमा प्रतीबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गुल्मीमा ढुंगा,बालुवा र गिट्टी उत्खननमा प्रतीबन्ध

गुल्मी, ४ मंसिर । गुल्मीमा बुधवार देखी लागू हुने गरि नदिजन्य पर्दाथमा उत्खननमा प्रतिबन्ध लगाइएको छ । गृह मन्त्रालयको आदेश अनुसार अर्को सूचना जारी नभए सम्म पुर्ण रुपमा रोक लागाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत युद्धव पन्थीले जानकारी दिनुभयो ।

गृह मन्त्रालयको पत्रमा अर्को सुचना जारी नभए सम्म ढुंगा,बालुवा , गिट्टी उत्खलन र क्रसर उद्योग बाट उत्पादीत हुने नदिजन्य पर्दाथमा प्रतिबन्ध लगाउन उल्लेख गरिएको छ ।

एक हप्ता अघि गृहमन्त्रालयले मापदण्ड विपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न र नदी दोहन नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

त्यस्तै देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आ–आफ्ना जिल्लाभित्र ढुंगा–गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्चालनमा छन्, मापदण्डअनुसार छन्-छैन, सरकारलाई राजस्व बुझाए–नबुझाएको र दर्ता भए–नभएको यकिन विवरण एक हप्ता भित्र पेश मन्त्रालयले निर्देशन समेत थियो ।

गृहको निर्देश अनुसार गुल्मीमा पनि अनुगमनको काम भैरहेको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);