मकवानपुरको लामिटारमा चार वर्षिय बालिकाको हत्या, बलात्कारको आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मकवानपुरको लामिटारमा चार वर्षिय बालिकाको हत्या, बलात्कारको आशंका

मकवानपुर, ४ मंसिर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ लामिटारमा चार वर्षिय बालिकाको हत्या गरिएको छ । लामिटारकी स्थानीय ४ वर्षीया बालिका रुविना पाख्रिनको हत्यापछी शव सोहि ठाउँको पुल मुनि बुधबार साँझ ८ बजेको समयमा भेटिएको थियो । टाउकोमा बालिकाको चोटै चोट रहेको अवस्थामा प्रहरीले सव फेला पारेको छ ।

टाउकोमा ढुङ्गाले हानेर हत्या गरिएको र त्यस भन्दा अगाडी बलात्कार गरिएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा घटना स्थलमा प्रहरी हिजो रातिनै पुगेको थियो । घर नजिकै बगरमा बालिकाको शव फेला परेको थियो ।

बालिकाको हत्याको आशंकामा सोहि ठाँउका दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा सोहि वडाका वर्ष २० को कुमार भोलन र वर्ष १६ का एक बालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताउनुभयो । पक्राउ पर्नेमा एक बालक रहेकाले नाम उल्लेख गर्न नमिल्ने बताउनुभयो । दुबैजना बालिकाकै गाँउका रहेका छन् ।

हिजो साँझ ६ बजे बाट हराएकी बालिकालाई दुइ घण्टापछी मृत अवस्थामा परिवार र छिमेकीले फेला पारेका थिए । शरिरको विभिन्न अङहरुमा चोट देखिनुको साथै रगतहरु लतपतिएको देखिएको छ । सबैभन्दा ठुलो चोट टाउकोमा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);