पर्सामा चार वर्षीया बालिकाको सामूहिक बलात्करपछि हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पर्सामा चार वर्षीया बालिकाको सामूहिक बलात्करपछि हत्या

पर्सा। पर्सामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।

उनलाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले शनिबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् । प्रहरीका अनुसार बिहीबार साँझदेखि बालिका हराएकी थिइन् । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।खोजीको क्रममा वीरगन्ज महानगरपालिका–२ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला परेको थियो । थप अनुसन्धानका क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा ती बालक र अन्य ३ जनाको संलग्नतामा बालिकाको बलात्कारपछि हत्या गरिएको खुलेको थियो । घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका–२ घुसुकपुरबाट र १८ वर्षीय किशोरलाई सोही महानगरपालिका–१६ नगवास्थित सडकबाट प्रहरीले पक्राउ गरको हो ।

उनीहरु उपर जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । घटनामा संलग्न हाल फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);