अवैध लागूऔषधसहित दुई जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अवैध लागूऔषधसहित दुई जना पक्राउ 

काठमाडौं। काठमाडौं र सिरहाबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने दोलखा शैलुङ गाउँपालिका–८ घर भएका १८ वर्षीय किशोर रहेका छन्।उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। सिरहाको धनगढीमाई नगरपालिका–६ मोथियाही बस्ने २६ वर्षीया शुसिला कुमारी यादवलाई करिब ३ किलो ३ सय ग्राम गाँजासहित आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो। सर्लाहीको लालबन्दी नगरपालिका–१६ मिलन चोकस्थित जंगल नजिक बा.६ च ८६६६ नम्बरको पिकअप गाडीबाट करिब ४५ किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ।

अस्थाई प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त स्थानमा गाडी छोडेर चालक फरार भएपछि गाडी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो। हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);