पर्सामा युवकको हत्या गरी फरार रहेका तीन जना अभियुक्त काठमाडौंबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०७९, शुक्रबार

पर्सामा युवकको हत्या गरी फरार रहेका तीन जना अभियुक्त काठमाडौंबाट पक्राउ

पर्सा । ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न तीन जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चाका २२ वर्षीय सरोज स्याङ्वो, पर्सा वीरगंज महानगरपालिका–३२ रामबनका २० वर्षीय किशन लोप्चन र १७ वर्षीय किशोर रहेका छन् । प्रहरीका अनुसार उनीहरुले सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छोडेका थिए ।

वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो । घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट पक्राउ गरिएको हो । उनीहरूमाथि ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply