फलामको रड प्रहार गरी हत्या पश्चात फरार भएपछि... | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

फलामको रड प्रहार गरी हत्या पश्चात फरार भएपछि…

murder

काठमाडौं,७ चैत्र । हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन् । हत्या गरी फरार रहेका सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–४ घर भएका ४१ वर्षीय तिखे भन्ने तेज बहादुर राईलाई वारदात घटनाको २१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१९ मरुढोका ईनाटोलस्थित बधशालाभित्र सोही ठाउँ बस्ने २६ वर्षीय संजय शाहीलाई २०५९ असोज १४ गते तेज बहादुर समेतले फलामको रड प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न राईलाई काठमाडौं महानगरपालिका(३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।

 

Leave a Reply

ताजा समाचार