खुकुरी प्रहार गरी हत्या | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

खुकुरी प्रहार गरी हत्या

काठमाडौं,२३ फागुन । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ घर भएका ४४ वर्षीय प्रेम बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

२०५७ माघ १६ गते नुवाकोट साविक ध्याङ्फेदी गाबिस–३ स्थित आफन्तको घरमा घेवा मान्न गएका मख्खु भन्ने छेवाङ तामाङलाई प्रेम बहादुर तामाङ समेतले खुकुरी प्रहार गरी हत्या गरेको घटनामा वारदात पश्चात फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको छ ।

Leave a Reply